
२ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना छानबिन आयोगले अन्तिम प्रतिवेदन बुझाएको छ ।
सौर्यको ‘९एन–एएमई’ दर्ता नम्बरको सीआरजे–२०० सिरिज जहाज दुर्घटना सम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
दुर्घटना जाँच आयोग अध्यक्ष रतिशचन्द्रलाल सुमनले उक्त प्रतिवेदन पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हस्तान्तरण गरे ।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री पाण्डेले कुनै पनि पूर्वधारणा वा दबाबविना आयोगले तयार पारेको निष्पक्ष प्रतिवेदन आएको जनाउँदै मन्त्रालय त्यसलाई पूर्णरूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।
९ साउन २०८१ मा मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको उक्त जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । पाइलट मनिष शाक्यको जीवितै उद्धार गरिएको थियो ।
प्रतिक्रिया 4