
२ असार, काठमाडौं । एक महिलालाई पुरुषले पोखरीमा चोपल्दै यातना दिएको भिडियो नेपालको नभएको नेपाल प्रहरीले पुष्टि गरेको छ ।
महिलालाई पुरुषले नदीमा चोपल्दै यातना दिएको भिडियो नेपालकै भन्दै सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यसबारे प्रष्ट पारेको हो ।
जाँचका क्रममा उक्त भिडियो छिमेकी राष्ट्र भारतको भएको पाइएको प्रहरीले जानकारी दिएको छ । साथै कुनै पनि सामग्री सामाजिक सञ्जालमा सेयर गर्नुअघि स्रोत पुष्टि गर्न समेत प्रहरीको आग्रह छ ।
कतिपयले आफ्ना अकाउन्ट र पेजमा लाइक र भ्यूज बढाउन जथाभावी सामग्री सम्प्रेष गर्ने गरेको पाइएको भन्दै सचेत हुन समेत प्रहरीको अनुरोध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4