
३ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालका पुलका डिजाइनहरू फेल भइरहेको बताएका छन् । शनिबार ललितपुरमा ६३ औं इन्जिनियर्स डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आफूले फेल भएका पुलका डिजाइनहरूको रिपोर्ट निकाल्न सडक विभागका महानिर्देशकलाई निर्देशन दिइसकेको बताए ।
किन पुलका डिजाइनहरू फेल भए भन्नेकुरा खोज्न र आगामी दिनमा सच्याउन जरुरी रहेको बताए ।
‘हाम्रा पुलका डिजाइनहरू फेल भएका छन् । त्यो हामीले निकाल्दै छौं । त्यसको रिपोर्ट निकाल्दै छौं । मैले सडक विभागका महानिर्देशकज्युलाई जिम्मा दिएको छु । किन पुलका डिजाइनहरू फेलियर भए,’ उनले भने, ‘कति होलान् ति । के भएर त्यसो भयो । पल भासिएको, क्र्यास भएको छ । जमिन तल छ, आकाशमा माथि पुल छ । त्यस्तो कुरालाई हामीले सच्याउनु पर्छ ।’
कतिपय इन्जिनियरहरू भागिरहेको भन्दै नभागि गल्ती सच्याएर अघि बढ्न आग्रह गरे । सडकमा लक्ष्य राखेको भन्दै बढी काम गरेको बताए ।
‘हामी सच्याउनका लागि लागेका छौं । त्यसको हामी अध्ययन गर्दैछौं । कतिपय साथीहरू स्केप हुन खोज्नुहुन्छ । कोको डिजाइनरहरू हो भन्नेकुरा पत्ता लगाइसकेका छौँ । लुकेर, भागेर पनि हुँदैन । हजिो गल्ती भएको भए कहाँनेर गल्ती भयो भन्ने खोज्ने हो,’ उनले भने ।
मन्त्री दाहालले देशको मुहार फेर्ने काम इन्जिनियरहरूको भएको बताए ।
प्रतिक्रिया 4