+
+
Shares

पहिरोले अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते ११:०६

४ साउन, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण पहिरो र लेदोको कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ ।

पहिले गएको पहिरोकै माथिल्लो स्थानबाट लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार अहिले पहिरो पन्छाउन एक्स्काभेटर, लोडर प्रयोग भइरहेको छ ।

सडक अवरुद्ध भएपछि ठूला सवारी र कन्टेनर बाटोमै र‍ोकिएका छन् । सडक अवरुद्ध सँगै जुरेमा बिजुलीको प‍ोल ढलेको छ ।

त्यस्तै महभीरमा सडक भास्सिएको प्रहरीले जनाएको छ । मोटरसाइकलहरू जोखिम मोलेर पार गरिरहेका छन् ।

पहिरोले सीमावर्ती तातोपानी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबीसे नगरका स्थानीय प्रभावित भएका छन् ।

तातोपानी नाकाबाट सामग्री ल्याएका र लिन गएका कन्टेनर रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?