४ साउन, काठमाडौं । इ फुटबल वर्ल्ड च्याम्पियनसिप २०२५ वर्ल्ड फाइनल्समा नेपालका रजत बुढाथोकीले मिश्रित प्रदर्शन गरेका छन् ।
किलर एम १२ को नामले परिचित उनले अन्तिम चरण समूह डी मा प्रतिस्पर्धा गरेका थिए । जहाँ उनले एक म्याच जितेका थिए भने एक म्याच बराबरी गरेका थिए । एक म्याचमा भने पराजित भए ।
समूह डी मा ४ म्याचबाट ४ अंक जोडेर उनी समूह चरणबाटै बाहिरिए । तर रजतले इ फुटबल वर्ल्ड च्याम्पियनसिप २०२५ वर्ल्ड फाइनल्समा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली बन्दै ऐतिहासिक उपलब्धी भने रचेका छन् ।
उनले पहिलो म्याचमा थाइल्याण्डका खेलाडीलाई हराएका थिए । त्यसपछि उनी ट्युनिसियाका खेलाडीसँग पराजित भए । अन्तिम खेलमा उनले ब्राजिलका जुनिन्होसँग बराबरी खेलेका थिए ।
रजतले आफ्नो लागि मिश्रित इमोसन भएको बताएका छन् । उनले नेपालका लागि यो पहिलो पटक भएको बताए । रजतले कोभिडको समयमा इ फुटबल खेल्न थालेको बताए ।
उनले आफ्नो लागि यो गर्वको क्षण भएको र नेपाललाई इ फुटबल वर्ल्ड च्याम्पियनसिपमा पहिलो पटक प्रतिनिधित्व गराउँदा खुशी लागेको बताए ।
प्रतिक्रिया 4