
४ साउन, विराटनगर । सुनसरीको ट्यांग्रा खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ । सुनसरी इटहरी उपमहानगरपालिका–३ स्थित ट्याङ्ग्रा खोलामा डुबेर आइतबार दिउँसो २ बालकको मृत्यु भएको हो ।
वर्षासँगै ट्याङ्ग्रा खाेलामा पानीकाे सतह बढेकाे थियाे । आइतबार दिउँसो लामा नुहाउने क्रममा इटहरी–३ कल्याण चोकका दीपसन चौधरी र इटहरी–२ का क्रिश्वास लिम्बूको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार खाेलामा डुबेका बालकलाई उद्दार गरी उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पठाइएको थियो । अस्पताल पुगेको केही बेरमा चिकित्सकले मृत घोषित गरेका थिए ।
आइतबार नै झापाकाे कमल खोला पुल मुनी एक जनाको शव फेला परेको छ । दिउँसो करिब १ बजे झापाको कमल गाउँपालिका– २ मा रहेको कमल खोलाको पुल मुनी ८० वर्षीय वृद्धको शव फेला परेको हो । प्रहरीका अनुसार मृतक शिवसताक्षी नगरपालिका– १ का ८० वर्षीय प्रभाखर पोखरेल हुन् ।
प्रतिक्रिया 4