+
+
Shares

विराटनगरमा पाँचतारे होटल ‘द एक्सिस’ बन्ने, लागत डेढ अर्ब

होटलमा २ सय १५ कोठा र ३ सय ५० बेड हुनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १८:४८

४ साउन, काठमाडौं । कोशी प्रदेश राजधानी विराटनगरमा पाँचतारे होटल ‘द एक्सिस’ बन्ने भएको छ ।

कम्पनीले यस होटलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ । जस अनुसार होटलमा २ सय १५ कोठा र ३ सय ५० बेड हुनेछन् ।

यसबाहेक रेस्टुरेन्ट, स्विमिङ, पुल, बार, जिम, ब्युटी पार्लर, साउना, सेमिनार हल, ब्यांक्वेट र मिटिङ हल लगायत रहने प्रतिवेदनमा उल्लेख छ । होटल विराटनगर महानगरपालिका–६ ब्रह्मापुरमा कुल ४ बिघा १३ कठ्ठा १९.९९ धुर जग्गा क्षेत्रफलमा रहने छ ।

होटल रहने स्थान विराटनगर विमानस्थलबाट २.५ किलोमिटर र नेपाल–भारत सीमा क्षेत्रबाट ७ किलोमिटर दूरीमा छ । होटल समथर भूमिमा बन्ने छ । जसको आसपास कुनै पनि संरक्षित क्षेत्र पर्दैन ।

नेपालकै प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र विराटनगरमा व्यापारी, लगानीकर्ता र व्यावसायिक व्यक्तिको निरन्तर आवागमन हुने र गुणस्तरीय बसोबासका लागि यस स्थानमा तारे होटलको माग रहेको समेत प्रतिवेदनमा उल्लेख छ ।

भारतीय सीमाबाट नजिकै रहेका कारण यहाँ भारतीय पर्यटक आकर्षित हुने अपेक्षा छ । कोशी टप्पु वन्यजन्तु आरक्षका कारण पर्यटक आकर्षित हुने अपेक्षा होटल सञ्चलाक कम्पनी एक्सिस हस्पिटालिटी प्रालिको छ ।

होटलमा कुल चार भवन रहने छ । जसमा क्यासिनो समेत रहने गरी डिजाइन गरिएको छ । होटल सञ्चालनका बेला २ सय कर्मचारीले रोजगारी पाउने अनुमान गरिएको छ । होटलको कुल क्षेत्रफलमध्ये २३.३९ प्रतिशतमा भवन बन्ने छ । बाँकी क्षेत्र खुला रहने छ । यो होटलको लागत डेढ अर्ब रुपैयाँ र बन्न लाग्ने अवधि ३ वर्ष अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?