
५ साउन, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना बेपत्ता भएका छन् ।
भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
तीन जना सँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएको र दीपेश बेपत्ता भएको उनले बताए । बेपत्ता दिपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4