+
+
Shares

अरुण तेस्रोमा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु

चिचिलागाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र करेन्ट लागेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

रासस रासस
२०८२ साउन ५ गते १३:४७

५ साउन, किमाथाङ्का। सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको आज करेन्ट लागेर मृत्यु भएको छ ।

चिचिलागाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र करेन्ट लागेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

अरुण आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?