
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'कोशेढुंगा'को गीत 'नत्र भने जिन्दगी व्यर्थ छ' युट्युबमा सार्वजनिक भएको छ।
- गीतमा खेम सेन्चुरीको संगीत, नेत्र अर्यालका शब्द र समीक्षा अधिकारी तथा दिपिका बयम्बुको स्वर छ।
- गीतले विवाहित र अविवाहित महिलाबीचको अन्तर र तीज पर्वको सांस्कृतिक पक्ष चित्रण गरेको छ।
काठमाडौं । फिल्म ‘कोसेढुंगा’को गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ युट्युबमा सार्वजनिक भएको छ । निर्माताले सोमबार आयोजित पत्रकार सम्मेलनमा गीतको भिडियो स्क्रिनिङ समेत गरे ।
सार्वजनिक गीतमा खेम सेन्चुरीको संगीत र नेत्र अर्यालका शब्द छन् । सेन्चुरीसँगै समीक्षा अधिकारी र दीपिका बयम्बुले स्वर दिएका छन् ।
गीत तीजको सेटअपमा छ । गीतले विवाहित र अविवाहित बीचको अन्तरलाई चित्रण गर्छ । विवाहित हुँदाको राम्रो पक्ष र अविवाहितले जीवनसाथी हुँदाको परिकल्पना र हुने उत्सुकता गीतमा समेटिएको छ ।
विवाहित र अविवाहित महिलाले तीजका गीतमा कसरी आफ्नो बह पोखेर रमाइलो गर्छन्, भन्ने पक्षलाई चित्रण गरिएको छ ।
गीतमा कलाकार सुरक्षा पन्त र नीति शाहले अविवाहितको पक्षबाट आफ्नो उत्सुकता राखेका छन् । विवाहित हुँदाको कुरा प्रेम ऋचा शर्माले व्यक्त गरेकी छन् ।
आउँदै गरेको तीज पर्वको अवसरमा यो गीत दर्शकलाई रुचिकर हुनसक्छ । गीतमा टिकटक प्रतिस्पर्धा समेत घोषणा गरेको छ । सहभागीले अगस्ट २० सम्म प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।
सरोज पौडेलले निर्देशन गरेको यो फिल्म भदौ १२ गतेदेखि प्रदर्शन तयारीमा छ । फिल्मलाई नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्यमा निर्माण गरिएको हो ।
कार्यकारी निर्मातामा दिनेश खड्का छन् । निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् ।
प्रतिक्रिया 4