
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल लेयर्स कुखुरापालक संघले ६ साउनदेखि अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढाउने निर्णय गरेको छ।
- बढेको भाउसँगै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय २५ रुपैयाँ र मिडियम अन्डाको मूल्य ४ सय ९५ रुपैयाँ पुगेको छ।
- संघका सचिव मदन पोखरेलले अन्डा उत्पादन कम र माग बढी भएकाले भाउ बढाउनुपरेको खुलाएका छन्।
५ साउन, काठमाडौं । १० दिनअघि बढेको अन्डाको भाउ फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागु हुने गरी भाउ बढाउने निर्णय गरेको हो ।
२८ असारमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट १५ रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ ।
मूल्य बढेसँगै ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ४ सय ९५ रुपैयाँ तोकिएको छ ।
संघका अनुसार २८ असारमा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय १० रुपैयाँ थियो भने मिडियम अन्डाको भाउ क्रेटको ४ सय ८० रुपैयाँ थियो ।
संघका सचिव मदन पोखरेलले अहिले अन्डा उत्पादन एकदमै कम भएको र माग बढी भएको हुँदा भाउ बढाउनुपरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4