+
+
Shares

अरूको भन्दा कांग्रेसकै आदर्श र सिद्धान्त राम्रो छ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १७:५९

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्य प्रतिष्पर्धी पार्टीमध्ये आदर्श र सिद्धान्त आफ्नै पार्टीको राम्रो भएको दाबी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

पार्टीको सिद्धान्त र आदर्श अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भएको उनको भनाइ थियो ।

‘आजको जमानामा पार्टीको सिद्धान्त, आदर्श, धेरै महत्वपूर्ण कुरा छ । प्रतिष्पर्धी पार्टीहरुमध्ये हाम्रो सबैभन्दा राम्रो सिद्धान्त छ । हाम्रो पार्टीको सिद्धान्त र आदर्शलाई देशव्यापी रुपमा बुझाउन आवश्यक छ,’ देउवाले भनेका छन् ।

कांग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउन सके बहुमत प्राप्त गर्ने पार्टीका रुपमा अघि बढाउन सकिने उनको भनाइ थियो ।

‘सबैभन्दा पुरानो पार्टी, राम्रो सिद्धान्त, आदर्श प्रजातान्त्रिक समाजवाद छ । समाजवादी पार्टी हो । त्यसलाई त्यसको शिक्षाहरुलाई अझ व्यापक रुपमा बुझाउनसके नेपालमा नेपाली कांग्रेस एउटा ठूलो पार्टी त छँदैछ, अझ बहुमत प्राप्त गर्नसक्ने पार्टी हुनसक्छ,’ देउवाले भनेका छन् ।

सभापति देउवाले आदिवासी जनजाति सबै जातजातिहरूलाई कांग्रेसमा समेट्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?