
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा १५ वर्षीय मेनसन पुन मगर डुबेर बेपत्ता भएका थिए।
- सशस्त्र प्रहरी बलको गोताखोर टोलीले करिब २५ फिट गहिराइबाट मेनसन पुन मगरको शव निकालेको छ।
- घटनाबारे जानकारी पाउँदा सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण चितवनबाट टोली खटिएको थियो।
५ साउन, काठमाडौं । चितवनस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोर मृत फेला परेका छन् ।
भरतपुर महानगरपालिका–१५ सूर्यनगर बस्ने १५ वर्षीय मेनसन पुन मगर सोमबार दिउँसो वडा नम्बर १६ सरनपुरस्थित नारायणी नदी किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बलको गोताखोर टोलीले घटनास्थलभन्दा करिब २५ फिट गहिराइबाट ती किशोरको शव निकालेको हो ।
घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण चितवनबाट गोताखोरसहितको टोली खटिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4