+
+
Shares

६ महिनामै सेयर मूल्य दोब्बर भएका यी ४ कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते ९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विगत ६ महिनामा सेयर बजारको परिसूचक नेप्से १०.८८ प्रतिशतले वृद्धि भएको छ।
  • बुटवल पावरको मूल्य माघ ६ गते ३८६ रुपैयाँबाट साउन ६ गते ९५६ रुपैयाँ पुगेको छ।
  • एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत् र नेपाल पुनर्बीमाको मूल्य ६ महिनामा शतप्रतिशतभन्दा बढीले बढेको छ।

६ साउन, काठमाडौं । विगत ६ महिनामा सेयर बजारको परिसूचक नेप्से १०.८८ प्रतिशत बढेको छ । गत माघ ६ गते २६०८ अंकमा रहेको नेप्से साउन ६ गते कारोबार खुल्नुअघि २८९४ अंकमा छ ।

६ महिनामा नेप्से १०.८८ प्रतिशत मात्रै बढ्दा चार कम्पनीको मूल्य भने शत प्रतिशत बढेको छ । ६ महिनामै मूल्य दोब्बर भएका चार कम्पनी हुन्– बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत् र नेपाल पुनर्बीमा कम्पनी ।

माघ ६ गते प्रतिकित्ता ३८६ रुपैयाँ मूल्य रहेको बुटवल पावरको मूल्य ६ महिनापछि अहिले ९५६ रुपैयाँ पुगेको छ । ६ महिनामै कम्पनीको मूल्य १४७ प्रतिशत बढेको छ ।

त्यस्तै ६ महिनाको अवधिमा एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य प्रतिकित्ता ११३९ रुपैयाँबाट बढेर २३४५ रुपैयाँ पुगेको छ । यो कम्पनीको मूल्य १०५ प्रतिशत बढेको छ ।

यो अवधिमा नेपाल पुनर्बीमाको मूल्य ७८५ रुपैयाँबाट बढेर १४९५ रुपैयाँ पुगेको छ । त्यस्तै राधि विद्युत्का् ३४६ रुपैयाँबाट बढेर ८१४ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?