+
+
Shares

भटभटे माइलाको प्रष्टीकरण : सहमतिमै रियाशाले सिरियल छाडेकी हुन्

बेगम लेख्छन्, ‘कुरा यत्ति हो कि रियासा दाहाल (पुतली) र म बेगम नेपाली (भट्भटे) बीच कुनै पनि झगडा विवाद भएको होइन र हुने पनि छैन हामी सल्लाह गरेरै सहकार्यबाट अलग भएका हौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार बेगम नेपालीले रियाशा दाहालसँग झगडा नभएको र सहमतिमा सिरियलबाट अलग भएको फेसबुकमा प्रष्ट पारेका छन्।
  • बेगमले रियाशालाई जन्मदिनको शुभकामना दिँदै परिवारलाई समय दिनुपर्ने कारणले सहकार्यबाट अलग भएको बताए।
  • बेगमले दाजुभाइको पवित्र नाता कहिले टुट्ने नभएको र दुवैबीच रिसराग नभएको पनि उल्लेख गरे।

काठमाडौं । ‘गाह्रो छ हो’ श्रृंखलामा कलाकार बेगम नेपाली ‘भटभटे माइला’ र रियाशा दाहाल ‘पुतली’को जोडीलाई निकै रुचाइयो । यी दुई कलाकारले ५ वर्ष सहकार्य पनि गरे ।

विवाहपछि रियाशा सिरियलाबाट बाहिरिइन् । उनको बहिर्गमनलाई लिएर दर्शकले अहिले पनि बेगमलाई प्रश्न सोधिरहन्छन् । ५ वर्ष वितिसक्दा पनि बेगमलाई किन रियाशालाई निकालेको भनेर प्रश्न आइरहन्छ ।

रियाशाको जन्मदिनमा बेगमले शुभकामना दिँदै लामो समयदेखिको प्रश्नमा प्रष्टीकरण पनि दिएका छन् । रियाशा र आफूबीच झगडा नभएको र सहमतिमै रियाशाले सिरियल छाडेको बेगमले फेसबुक प्रष्टीकरणमा उल्लेख गरेका छन् ।

बेगम लेख्छन्, ‘कुरा यत्ति हो कि रियासा दाहाल (पुतली) र म बेगम नेपाली (भट्भटे) बीच कुनै पनि झगडा विवाद भएको होइन र हुने पनि छैन हामी सल्लाह गरेरै सहकार्यबाट अलग भएका हौं ।’

उनी अघि लेख्छन्, ‘उहाँ हिजो छोरी मात्र हुनुहुन्थ्यो । आज बुहारीसँगै आमा पनि हुनुभएको छ । एउटा बुहारी आमालाई आफ्नो परिवारलाई समय दिन परिवारलाई राम्रो बनाउन कति गाह्रो हुन्छ भनेर मैले आफूले भोग्न त सक्दिन तर मेरो आमा र श्रीमतीबाट बुझेको छु । देखेको छु । उहाँको ठाउँमा म भएको भए पनि आज यही हुने थियो ।’

आफूहरूबीच मनमुटाव नभएको बेगमले उल्लेख गर्दै लेखेका छन्, ‘हामीले एकअर्काको यही समस्या बुझेर हामी सहकार्यबाट अलग भएका हौं । हामीबीच कुनै पनि मनमुटाव भएको छैन । रिसराग केही पनि छैन ।’

‘अहिले हामी सहकार्य नगरे पनि दाजु बहिनीको पवित्र नाता कहिले टुट्ने छैन । आज मैले वास्तविक कुरा मेरो यही फेसबुकमार्फत मेरा सम्पुर्ण भगवानरूपी दर्शक र मिडियालाई जानकारी गराएँ’ उनी लेख्छन्, ‘फेरि पनि प्रिय बहिनी रियाशा दाहाललाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु ।’

बेगम पछिल्लो समय ‘गाह्रो छ’ भाग ५ को जिन्दगी श्रृंखलामा ब्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?