+
+
Shares

संसद्‌मा कविता : जनतालाई सास्ती, मन्त्री/प्रधानमन्त्री भ्रष्टाचारमा मस्ती

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १४:२१

६ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले समसामयिक विषयमा कटाक्ष गर्दै संसद्‌मा कविता सुनाएका छन् ।

सामान्यत: संसद्‌मा सांसदहरुले नागरिकका गुनासा र समय सान्दर्भिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउन आफ्ना कुरा राख्ने गर्दछन् । तर, मंगलबार राष्ट्रियसभामा बोल्दै सांसद सुनारले भने कवितामार्फत सरकारलाई कटाक्ष गरेका हुन् ।

मंगलबार शून्य समयमा बोल्दै उनले जनताहरू समस्यामा रहेको बताए । कतै धेरै वर्षाले त कतै सुख्खाले नागरिक समस्यामा परेको बताए ।

जलवायु परिवर्तनको प्रभावले हिमताल फुट्ने समस्याले पनि धनजनको क्षति गरिरहेको बताए । यस्तो बेला सरकारको उचित ध्यान जान नसकेको उनको आरोप छ ।

यही भाव प्रकट गर्न उनले सभामा कविता सुनाएका हुन् ।

कतै भारी वर्षात्,

कतै सुख्खा क्षेत्र ।

जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव,

हिमताल फुट्दै,

धनजनको खति ।

झनै कति हुने हो क्षति,

दर्जनौं ठाउँमा सडक अवरुद्ध,

जनतालाई सास्ती,

मन्त्री/प्रधानमन्त्री लगायत सबै

भ्रष्टाचारमा मस्ती !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?