+
+
Shares

ललितपुरमा ५५ लाख मूल्यको बुद्धचित्त चोरी, ६ जना विरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १६:२९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको गोदावरी नगरपालिका–१० गोदामचौरमा ५५ लाख रुपैयाँ मूल्य बराबरको बुद्धचित्तको दाना चोरी भएको छ।
  • चोरीको आरोपमा एक नाबालकसहित ६ जनालाई मुद्दा चलाइएको छ।
  • उनीहरू विरुद्ध ५५ लाख रुपैयाँ बिगो मागदाबी गर्दै दफा २४१ अनुसार मुद्दा दर्ता गरिएको छ।

६ साउन, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१० गोदामचौरमा ५५ लाख रुपैयाँ मूल्य बराबरको बुद्धचित्तको दाना चोरी भएको छ ।

इबकुमारी शाही केसीले लगाएको एकै रुखमा फलेका ५५ लाख रुपैयाँ मूल्य बराबरका बुद्धचित्तको दाना चोरी भएको हो ।

चोरीको आरोपमा एक नाबालकसहित ६ जनालाई मुद्दा चलाइएको छ ।

जसमा गोदामचौरकै अंकित बिष्ट, रमेश बिष्ट, गोदावरी–३ का दिलीप पुरी, उनका भाइ सुनिल पुरी, गोदावरी–१० खसिमार टोलका सनम तामाङ र एक नाबालक छन् ।

यो समूहले १४ असार राति १ बजेतिर बुद्धचित्तको दाना चोरी गरेको प्रहरीको भनाइ छ ।

सुरक्षाका लागि जडान गरिएको सीसी क्यामेराको तार समेत काटेर बुद्धचित्तको रुखबाट दाना चोरी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

त्यसपछि उनीहरूलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

उनीहरू विरुद्ध ५५ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको छ । मुलुकी फौजदारी अपराध संहिताको दफा २४१ को चोरी गर्न नहुने कसुरमा मुद्दा चलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?