
७ साउन, काठमाडौं । नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले पदबाट राजीनामा दिएका छन् । अवकाश हुनुभन्दा केही दिन अगाडि उनले दिएको राजीनामा मन्त्रिपरिषद् बैठकबाट स्वीकृत समेत भइसकेको छ ।
गत आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नायव महान्यायाधिवक्ता घिमिरेको राजीनामा स्वीकृत गरेको जानकारी दिए ।
बैठकका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका गुरुङले भने, ‘नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२ साउन २ गतेदेखि लागू हुने गरी पेश गर्नुभएको स्वेच्छिक अवकाश स्वीकृत गर्ने ।’
केही दिनअघि मान्याधिवक्ता कार्यालयले उनको बिदाइ गरिसकेको थियो । प्रक्रिया अनुसार ५ साउनमा ५ वर्षे पदावधि पूरा भएर अवकाश हुनुपर्नेमा उनले त्यसको तीन दिनअघि राजीनामा दिएका हुन् ।
मन्त्रिपरिषद बैठकले विश्व बैंकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रश्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन समेत गरेको छ ।
साथै चीन सरकारबाट बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्न विनिमय पत्रमा हस्ताक्षर गर्न स्वीकृति समेत प्रदान गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद बैठकका अन्य निर्णयहरु–
१. २०८२ साउन १३ देखि १५ गतेसम्म भूटानको राजधानी थिम्पुमा आयोजना हुने प्रोमोटिङ्ग एग्रोकोलोजिकल अपर्चेज फर सस्टेनेबल ट्रान्सफरमेसन अफ एग्रि फुड सिस्टम इन साउथ एशिया कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थीलाई स्वीकृति प्रदान गर्ने ।
२. २०८२ साउन ८ देखि १० गतेसम्म चीनको सान्दोङ प्रान्तमा आयोजना हुने २०२५ इन्टरनेशनल कन्फ्रेन्स अन रेडुसिङ फुड लस एण्ड वेस्टमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
३. कृषि तथा पशुपंक्षी २०८२ साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने सेकेण्ड युनाइटेड नेशनल फुड सिस्टम समिट स्टकटेकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
३.२०८२ साउन ६ गते नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत गृह सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट गृह सचिव गोकर्णमणि दुवाडी नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने ।
४. भारतीय सेनाले आयोजना गर्ने १३ औं एडिशन अफ डुरान्ड कप फुटबल टुर्नामेण्ट २०२५ को उदघाटन समारोह र नेपाली सेनाको फुटबल टिमको उदघाटन खेलमा २०८२ साउन ७ र ८ गते सहभागी हुन नेपाली सेनाका उपरथी ध्रुवप्रकाश शाहलाई स्वीकृति दिने ।
५. नेपाली सेनाका एक जना सहायक रथीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा गर्ने ।
६. २०८२ साउन ७ देखि १५ गतेसम्म जिम्बावेमा आयोजना हुने १५ औं मिटिङ टु द कन्फ्रेन्स अफ द कन्ट्रयाक्टिङ पेरिटाइज टु द कन्भेन्सन अन वेटल्याण्ड कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री रूपा वि.क.लाई स्वीकृति प्रदान गर्ने ।
प्रतिक्रिया 4