+
+
Shares

हामीले प्रतिस्पर्धालाई रोकेका छैनौं : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १५:१६

७ साउन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आगामी महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाका लागि कसैलाई पनि नरोकेको दाबी गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा महासचिव शंकर पोरखेलले यस्तो बताएका हुन् ।

‘विधानले जो सुकैलाई प्रतिस्पर्धा गर्ने अधिकार दिएकै छ । भोलि अधिवेशन हुँदा वैधानिक व्यवस्थाले कुनै पनि प्रतिनिधिलाई यदी मापदण्ड पूरा गर्छ भने कुनै पनि पदमा उम्मेदवार बन्ने हक राख्छ । हाम्रो व्यवस्थाले कसैलाई पनि छेकेको छैन । प्रतिस्पर्धा बन्ने अधिकार सुरक्षित छ,’ पोखरेलले भने ।

उनले दुई वर्षे कार्यकाल र ७० वर्षे उमेरहदको विषय हटाउनुले अध्यक्षको दाबेदार ओली नै हो भन्ने कुरा राजनीतिक भएको जिकिर गरे ।

‘नेकपा एमालेभित्रको नेतृत्व विकासको सन्दर्भमा हेरिएको छ । हामीले दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाएको कारणले केपी शर्मा ओली निर्विकल्प, निर्विवाद हुनुभयो भन्ने कुरा राजनीतिक कुरा हो,’ उनले भने ।

उनले राजनीतिक कसैलाई छेकेर कसैलाई स्थापित गर्ने विषय नभएको पनि बताए ।

‘तर, केन्द्रीय कमिटीका अधिकांश सदस्यले मिसन ०८४ को नेतृत्व गर्नका लागि सबैभन्दा उपयुक्त पात्र अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ भन्ने रायले विधानलाई खण्डित गर्दैन,’ उनले भने, ‘विधानको विषयमा हामी छलफल गर्दैछौं । यसले प्रतिस्पर्धालाई रोकेको छैन । खुला नै गरेको छ ।’

७० वर्ष पुगेको व्यक्तिले पनि स्वभाविक रुपमा नेतृत्वको श्रेष्ठता हासिल गर्न सक्छ भने उसलाई किन अघि नबढाउने भन्ने आधारमा यो निर्णय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?