
News Summary
Generated by OK AI. Editorially reviewed.- अन्य समूहको सूचक १.४४ प्रतिशत बढेर २७२७ अंकमा पुगेको छ, जुन हालसम्मकै उच्च विन्दु हो।
- नेपाल पुनर्बीमाको सेयर मूल्य एक महिनामा ३० प्रतिशत बढेर १२१२ रुपैयाँबाट १५८६ रुपैयाँ पुगेको छ।
- हिमालयन रिइन्स्योरेन्सको मूल्य एक महिनामा २१.८ प्रतिशत बढेर ८८३ रुपैयाँबाट १०७६ रुपैयाँ पुगेको छ।
७ साउन, काठमाडौं । दुई पुनर्बीमा कम्पनीको सेयर मूल्यमा आएको उच्च वृद्धिले अन्य समूहले रेकर्ड बनाएको छ ।
बजारका १२ समूहमध्ये अन्य समूह हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार यो समूहको सूचक १.४४ प्रतिशत बढेर २७२७ अंकमा पुगेको छ ।
अन्य समूहमा जम्मा ९ वटा कम्पनी सूचीकृत छन् । तीमध्ये नेपाल पुनर्बीमा र हिमालयन रिको मूल्य छोटो समयमै उच्च दरले बढेको छ ।
विगत एक महिनामा हिमालयन रिको मूल्य २१.८ प्रतिशत बढेको छ । एक महिनामा यस कम्पनीको मूल्य प्रतिकित्ता ८८३ रुपैयाँबाट बढेर १०७६ रुपैयाँ पुगेको छ ।
त्यस्तै नेपाल पुनर्बीमाको मूल्य एक महिनामा ३० प्रतिशत बढेको छ । १२१२ बाट बढेर १५८६ रुपैयाँ पुगेको छ । नेपाल पुनर्बीमाले पूँजीकरणका आधारमा टेलिकमलाई पछाडि पारेको छ । बीबीसीपछि नेपाल पुनर्बीमा उच्च पूँजीकरणका आधारमा दोस्रो स्थानमा छ ।
विगत एक महिनालाई हेर्दा नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार ब्रोकर नम्बर ५५, ६५, ५८, ५६, ४४ तथा ४९ बाट भएको देखिन्छ । त्यस्तै हिमालयन रिइन्स्योरेन्सको उच्च कारोबार ब्रोकर नम्बर ५८, ४५, ६५, ४९ र ३४ बाट भएको देखिएको छ ।
हाई क्याप कम्पनी भएकाले यी दुईले अन्य समूहको उतारचढावमा बढी भूमिका खेल्छन् । त्यस्तै यहीं समूहको शक्तिशाली अर्को कम्पनी नेपाल टेलिकमको मूल्य वृद्धि भने सुस्त छ । सो एक महिनामा सो कम्पनीको मूल्य ९ प्रतिशत बढेको छ । एक महिनामा कम्पनीको मूल्य ८४० बाट बढेर ९२२ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया 4