+
+
Shares

लिङ्देन लक्षित मिश्रको टिप्पणी- नबोल्नुलाई डराएको सोचियो भने महँगो पर्न सक्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १९:३१

७ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको पछिल्लो विवादमा आफू नबोलेको विषयलाई डराएको रुपमा नलिन आग्रह गरेका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनप्रति लक्षित गर्दै उनले यदी आफ्नो प्रतिक्रिया नआउनुलाई कसैले डराएको भन्नेगरी लिएको भए त्यसको मूल्य मँहगो पर्नेसक्ने भन्दै चेनावनीसहितको स्टाटस सामाजिक सञ्जालमा लेखेका हुन् ।

राप्रपासँग पार्टी एकता भएको तीन वर्ष पुग्न लाग्दा समेत मिश्र पक्षका ४० जनाको नेताको नाम निर्वाचन आयोगमा अद्यावधिक गर्ने प्रक्रिया सुरु गरिएको छैन ।

अध्यक्ष लिङ्देनले नियतवस प्रक्रियामा नलगेको मिश्र पक्षका निचोड छ ।

सोही सन्दर्भमा एक वर्षअघि दिएको टेलिभिजन अन्तर्वार्ताको एउटा क्लिप सेयर गर्दै मिश्रले लेखेका छन्, ‘नबोल्नुलाई “डराएको“ भनेर कसैले सोचेको छ भने त्यसको मुल्य महँगो पर्न सक्छ ।’

उनले आफू अत्यावश्यक नभइ नबोल्ने र सबैले एकैपटक बोल्न नपर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?