News Summary
Generated by OK AI. Editorially reviewed.- माल्दिभ्समा भइरहेको काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्ट्स क्लबले श्रीलंका पोर्ट अथुरिटीलाई ३-१ को सेटमा पराजित गर्दै कांस्य पदक जितेको छ।
- हेल्प नेपालले लिग चरणमा तेस्रो स्थान हासिल गरेको थियो भने श्रीलंका पोर्ट अथुरिटी चौथो स्थानमा रह्यो ।
६ साउन, काठमाडौं । माल्दिभ्समा भएरहेको काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले कांस्य जितेको छ ।
मालेस्थित सोलस सेन्टरमा बुधबार तेस्रो स्थानको लागि भएको खेलमा हेल्प नेपालले श्रीलंकाको श्रीलंका पोर्ट अथुरिटीलाई ३-१ को सेटमा पराजित गरेको हो ।
हेल्प नेपालले पोर्ट अथुरिटीलाई २५-२०, २५-१५, २०-२५, २५-२३ ले पराजित गरेको हो ।
लिग चरणमका हेल्प नेपाल तेस्रो र पोर्ट अथुरिटी चौथो नै भएको थियो । यही दुई टोलीबीच तेस्रो स्थानको लागि खेल भएको छ ।
६ टोली सहभागि प्रतियोगितामा हेल्प नेपाल र कीर्गिस्तानको बिस्केक-किर्गिस्तानले समान ११ अंक जोडेपनि अंक रेसियोमा झिनो अन्तरले पछि परेपछि हेल्प नेपाल तेस्रो हुँदा फाइनल पुग्न असफल भएको थियो ।
प्रतिक्रिया 4