
तस्वीरहरू :विशाल सापकोटा/अनलाइनखबर
७ असार, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जाबाट बिरामी लिएर काठमाडौं आएको एउटा एम्बुलेन्स दुर्घटनामा परेको छ ।
बिरामीलाई टेकु अस्पताल पुर्याएर फर्कने क्रममा काठमाडौंको तीनकुनेमा एम्बुलेन्स टायर पड्केर दुर्घटनामा परेको हो ।
ज १ च १७६६ नम्बरको नेपाल रेडक्रम सोसाइटी कुशेश्वरदुम्जा उपशाखाको एम्बुलेन्स राति करिब १० बजेको समयमा दुर्घटनामा परेको हो ।
एम्बुलेन्सका चालक दुर्गा कोइराला सामान्य घाइते भएका छन् । प्रहरी वृत्त तीनकुनेको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4