+
+
Shares

मन्त्रीकै नेतृत्वमा हवाई सेवा प्राधिकरण बनाउन माओवादी प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १२:२७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रले मन्त्रीकै नेतृत्वमा हवाई सेवा प्राधिकरण बनाउने प्रस्ताव राखेको छ।
  • हितराज पाण्डेले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा यस्तो प्रस्ताव राखेका हुन्।
  • उनले स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवा थप व्यवस्थित र प्रभावकारी बनाउन सकिने बताए।

८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्रीकै नेतृत्वमा हवाई सेवा प्राधिकरण बनाउने प्रस्ताव राखेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो प्रस्ताव राखेका हुन् ।

बिहीबारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको छलफल भएको छ ।

छलफलका क्रममा उनले मन्त्रीकै नेतृत्वमा हवाई सेवा प्राधिकरण बन्दा थप व्यवस्थित र प्रभावकारी हुने प्रस्ताव पनि राखेका हुन् ।

स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिने पनि उनले बताए ।

जनशक्ति उत्पादन र प्रशिक्षण गरेर मात्रै हवाई सेवा प्रभावकारी बनाउन सकिने उनको भनाइ छ ।

उनले प्रशिक्षण गरेर जनशक्ति उत्पादन गर्दा नेपालकै जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको बताए । जनशक्तिमा परनिर्भर हुनुपर्ने बाध्यता अब हटाउनुपर्ने उनको भनाइ छ ।

‘जनशक्ति उत्पादन र प्रशिक्षण गरी बल्ल हवाई सेवालाई प्रभावकारी भन्दा राम्रो हुन्छ । प्रशिक्षण गरेर जनशक्ति उत्पादन गर्ने हो । तर यसमा आफ्नो देशको जनशक्ति उत्पादन होस् । यो कुरा प्रश्तावनामा नै केन्द्रित होस् । समग्र विधेयकमा यो कुरा आओस् । हामी जनशक्ति उत्पादनमा परनिर्भर हुने विषयवस्तु छ । आफ्नो जनशक्ति बनाउनुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?