+
+
Shares

दार्चुलामा कृषि अनुदान हत्याउन जीवित व्यक्तिलाई मृत घोषणा गर्ने दुई कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १६:२२
पक्राउ परेका (बायाँबाट) दीपक विष्ट र जनक धामी ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दार्चुलामा कृषि अनुदान रकम हत्याउन सचिव र कोषाध्यक्षको मृत्यु भएको झुठो पत्र पठाएको आरोपमा शैल्यशिखर नगरपालिकाका दुई जनालाई पक्राउ गरिएको छ।
  • पक्राउ पर्नेमा कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन्, धामी मेयर विजयसिंह धामीका छोरा हुन्।
  • उनीहरूले दुई लाख २० हजार रुपैयाँ अनुदानका लागि मृतक सचिव र कोषाध्यक्षको मृत्यु भएको भन्दै ग्लोबल आईएमई बैंकलाई फर्जी पत्र पठाएको प्रहरीले जनाएको छ।

८ साउन, धनगढी । दार्चुलामा कृषि अनुदानको रकम हत्याउनका लागि कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भएको भन्दै बैंकलाई फर्जी पत्र पठाएको आरोपमा दुई जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताए ।

पक्राउ परेकामध्येका धामी शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरा हुन् ।

दुवै जनालाई बुधबार पक्राउ गरेर लिखत सम्बन्धी कसुर किर्ते, किर्ते र आपराधिक विश्वासघात शीर्षकमा किटानी जाहेरी दर्ता गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको दाहालले बताए ।

उनीहरुले ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको २ लाख २० हजार रुपैयाँ अनुदान प्राप्त गर्न कृषक समूहका सचिव मन्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको भन्दै हस्ताक्षर परिवर्तनका लागि ग्लोबल आईएमई बैंकको गोकुलेश्वर शाखालाई पत्राचार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?