+
+
Shares

नवीन सुब्बाले ‘लाहुरेको जुत्ता’ निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक नवीन सुब्बाले तेस्रो कथानक फिल्म 'लाहुरेको जुत्ता' निर्देशन गर्ने भएका छन्।
  • निर्माता कम्पनी मेन्छायम पिक्चर्सले कलाकारको लागि आवेदन आह्वान गरेको छ।
  • फिल्मको छायांकन २०४० सालको दशकमा पूर्वी पहाडको लिम्बु गाउँमा हुने र लोकेसन खोजी भइरहेको छ।

काठमाडौं । यसअघि ‘नुमाफुङ’ र ‘गाउँ आएको बाटो’जस्ता चर्चित फिल्म निर्देशन गरेका नवीन सुब्बाले तेस्रो कथानक फिल्म ‘लाहुरेको जुत्ता’ निर्देशन गर्ने भएका छन् ।

निर्माता कम्पनी मेन्छायम पिक्चर्सले कलाकारको लागि आवेदन आह्वान गरेको छ । ‘गाउँ आएको बाटो’ फेम्ड आमोद राई र पूर्णसिंह बराइलीले यो फिल्मको निर्माण गर्नेछन् ।

अक्टोबरदेखि छायांकन तयारी गरिएको फिल्मको अहिले लोकेसन खोजी भैरहेको निर्माता राईले जानकारी दिए । २०४० सालको दशकमा पूर्वी पहाडको लिम्बु गाउँको कथावस्तुमा बन्ने फिल्म बन्न लागेको हो ।

‘आफ्नो लिम्बु गाउँ ठाउँ छायांकनको निम्ति उपयुक्त लागेमा हामीलाई फोटो भिडियो पठाउन अनुरोध गर्दछौं’ निर्माता राईले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?