
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले घटेको छ।
- चाँदीको भाउ प्रतितोला २३३५ रुपैयाँबाट २३४० रुपैयाँमा ५ रुपैयाँले बढेको छ।
९ साउन, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज २३४० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ साउन ७ गते हालसम्मकै उच्च २३५० रुपैयाँ पुगेको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4