+
+
Shares

कुलिङ पिरियड संसदीय छानबिन समितिको म्याद ७ दिन थपियो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १४:२६

 ९ साउन, काठमाडौं । कुलिङ अफ पिरियडको प्रावधानका सम्बन्धमा गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा म्याद थप सम्बन्धी प्रस्ताव सभामुख देवराज घिमिरेले प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव स्वीकृत भएको उनले घोषणा गरेका छन् ।

गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो ।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् ।

समितिमा नेपाली कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् ।

नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

समिति गठन हुँदा सभामुख देवराज घिमिरेको २१ दिनको समय दिएका थिए । उक्त समय यअी साउन ११ गते सकिँदैछ ।

समय अगावै ७ दिन समय थपेर साउन १९ गतेसम्म पुर्‍याउन लागिएको हो । साउन १९ गते समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्ने गरी म्याद थप्न लागिएको हो ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीका लागि राजीनामा वा अवकाशपछि २ वर्ष कुलिङ पिरियड लागु हुने गरी विधेयक पारित गरेको थियो । तर, विधेयकमा कुलिङ पिरियडको प्रावधान नै निश्कृय हुने भाषा समेत परेको भनेर प्रश्न उठ्यो । यही प्रश्नउपर छानबिन गर्न प्रतिनिधि सभाले कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा समिति गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?