
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका सांसद किरण कुमार साहले सरकारमा रहेकाहरूको बोली र व्यवहार एउटै हुनुपर्ने बताएका छन्।
- साहले भिजिट भिसा प्रकरण, कास्की लिची बगैँचा घुस काण्ड र मानव बेचविखनमा मुछिएका मन्त्रीहरू अझै पदमा हुनु प्रश्न उठाएका छन्।
- साहले प्रतिनिधिसभाको बैठकमा उक्त प्रकरणमा मुछिएका मन्त्रीमाथि एक्सन हुनुपर्ने र मौनता सर्मलाज हराएको शासन हो कि भ्रष्टाचारको सुरक्षित शासन हो भनेर प्रश्न गर्नुभएको छ।
९ साउन, काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद किरण कुमार साहले सरकारमा रहेकाहरूको बोली र व्यवहार एउटै हुनुपर्ने बताएका छन् ।
भिजिट भिसा प्रकरण, कास्कीको लिची बगैँचा हत्याउने घुस काण्ड, मानव बेचविखन जस्ता प्रकरणमा मुछिएका मन्त्रीहरु अझै किन पदासिन छन् भन्दै प्रश्न उठाएका हुन् ।
‘सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दैनौं, सुशासनमा प्रतिवद्ध छौं । तर म प्रश्न गर्छु- भिजिट भिसा प्रकरण, कास्की लिची बगैँचा काण्डमा मुछिएका मन्त्रीहरू किन अझै पदमा छन् ?’, साहको प्रश्न छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्न उठेका मन्त्रीमाथि एक्सन हुनुपर्ने बताए ।
‘मान्छे बेचबिखनमा मुछिएकाहरूलाई किन सम्मानसहित स्वागत गरिन्छ ?’, साह भन्छन्, ‘यो मौनता सर्मलाज पनि हराएको शासन हो कि भ्रष्टाचारको सुरक्षित शासन हो म प्रश्न गर्न चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4