+
+
Shares

कोशीको भौतिक मन्त्रालयको एक वर्ष : ४ अर्ब बेरुजु असुल

११३ किलोमिटर सडक कालोपत्रे

भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले पत्रकार सम्मेलन गर्दै एक वर्षको अवधिमा ४ अर्ब १ करोड ४४ लाख ३३ हजार ४७७ रुपैयाँ बेरुजू फछ्यौट गरेको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १७:००

९ साउन, विराटनगर। कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक वर्षको अवधिमा ४ अर्ब १ करोड ४४ लाख रुपैयाँ बेरुजु फर्स्योट गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले पत्रकार सम्मेलन गर्दै एक वर्षको अवधिमा ४ अर्ब १ करोड ४४ लाख ३३ हजार ४७७ रुपैयाँ बेरुजू फछ्यौट गरेको बताएका हुन् ।

मन्त्रालयले असुल गर्नुपर्ने बेरुजु १० करोड ९८ लाख ७८ हजार ३१६ रुपैयाँ, पेश्की बेरुजु, ३ अर्ब ६ करोड १५ लाख ४० हजार १२० रुपैयाँ र नियमित गर्नुपर्ने १ अर्ब १ करोड ९ लाख रुपैयाँ बेरुजु पर्स्योट गरेको हो ।

मन्त्रालयको कुल ५ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ बेरुजु थियो । जसमध्ये ६७‍.४१ प्रतिशत अर्थात् ४ अर्ब १ करोड ४४ लाख रुपैयाँ फर्स्योट भएको हो ।

११३ किलोमिटर सडक, ५३८ घर बन्यो

मन्त्री भूपेन्द्र राईले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष प्रदेश सरकारले ११३.८९ किलोमिटर सडक कालोपत्रे गरेको छ । सोही अवधिमा १७५.४९ किलोमिटर ग्राभेल भएको छ । १६.७१ किलोमिटर आरसिसि–पिसिसी ढलान र ४७.९६ किलोमिटर नयाँ ट्रयाक खुलेको छ ।

एक वर्षको अवधिमा प्रदेशमा १८ वटा सडक पुल र १६ वटा झोलुङ्गे पुल निर्माण भएको छ । एक वर्षको अवधिमा प्रदेश सरकारको स्रोतबाट २८४ विपन्न नागरिको घर निर्माण भएको छ ।

संघीय सशर्त अनुदानबाट २५४ घर निर्माण भएको छ । प्रदेशमा गत वर्ष १३ सरकारी भवन, ६९ सामुदायिक भवन, ११ सभा हल, ४० विद्यालय पूर्वाधार, २५ धार्मिक पूर्वाधार, ११ कभर्ड हल र १० वटा खेल मैदान निर्माण भएकाे छ ।

मन्त्री राईले चालु आर्थिक वर्षका सालबसाली तथा स्रोत सुनिश्चित भएका आयोजनाहरूको ठेक्का प्रक्रिया आर्थिक वर्षको पहिलो त्रैमासिकभित्रै सम्पन्न गर्ने बताए ।

विकास निर्माणको ठेक्का लिएर काम नगर्ने ३ वटा निर्माण कम्पनीलाई मन्त्रालयले कालोसूचीमा राखेको छ।

सप्तकोशी जलाधार निर्माण सेवा, विशाल होम निर्माण सेवा र नागार्जुन निल गिरी जेभीलाई कालोसूचीमा राखेको हो।

पी.एन.डी. निर्माण सेवा र गाउँबेसी कन्स्ट्रक्सन पनि कालोसूचीको प्रक्रियामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?