+
+
Shares

वर्तमान व्यवस्थालाई थप बलियो बनाउने गरी संविधान संशोधन आवश्यक : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन अवस्थाको समीक्षा गर्दै वर्तमान व्यवस्थालाई अझै बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्।
  • सिटौलाले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व लगायतका विषयलाई थप बलियो बनाउने गरेर संविधान संशोधन गरिनुपर्ने बताए।
  • सिटौलाले भने, \'संविधान कार्यान्वयनको समीक्षा गर्न ढिला भइसकेको छ, अब संविधान संशोधन गर्दा जनताको हितमा हुने गरी गर्नुपर्दछ।\'

९ साउन, काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन अवस्थाको समीक्षा गर्दै वर्तमान व्यवस्थालाई अझै बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा स्व. ढुण्डीराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा आयोजित कार्यक्रममा सिटौलाले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व लगायतका विषयलाई थप बलियो बनाउने गरेर संविधान संशोधन गरिनु पर्ने बताए।

‘संविधान कार्यान्वयनको समीक्षा गर्न ढिला भइसकेको छ, अब संविधान कार्यान्वयनको अहिलेसम्मको अवस्थाको समीक्षा गर्दै वर्तमान व्यवस्थालाई थप बलियो बनाउने गरी संविधान संशोधन हुनुपर्दछ, संविधान संशोधन गर्दा जनताको हितमा हुने गरी गर्नुपर्दछ,´ सिटौलाले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?