+
+
Shares

फिल्म ‘जनै हराएको मान्छे’ को गीत ‘मसुरीको दाना’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत ‘मसुरीको दाना’ सार्वजनिक भएको छ जसमा अञ्जु पन्त र एसडी योगीको स्वर छ।
  • हिमाल न्यौपानेले निर्देशन गरेको फिल्ममा भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहेको छ र कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका छन्।
  • गीतमा प्रेमिल जोडीको कथा प्रस्तुत गरिएको छ र विजय बराल, केकी अधिकारी, मिरुना मगर लगायत कलाकारलाई देख्न सकिन्छ।

काठमाडौं । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ ।

सुनिल क्षेत्रीको कोरियोग्राफी गरेको गीतमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडीलगायत कलाकारलाई देख्न सकिन्छ ।

प्रेमिल जोडीको कथा गीतमा छ । दुनियाँको मन जित्ने व्यक्ति आफ्नै व्यक्तिगत सवालमा भने कुनै टुंगो नहुने वास्तविकतासँगै गीत सुरु हुन्छ ।

टिपिकल शब्द प्रयोग गरिएको गीतमा प्रेमिकाले आफू प्रेमीका लागि योग्य रहेको बताएको छ । प्रेमीको हेराइले हुरुक्कै पार्ने गरेको प्रसंग उल्लेख गर्दै एकले अर्कोलाई जिन्दगी सँगै जिउन गरेको सल्लाह गीतमा उल्लेख छ ।

हिमाल न्यौपानेले निर्देशन गरेको फिल्ममा भानुभक्त ढकालको कथा, पटकथा र संवाद छ । फिल्मलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । सहायक निर्देशमा मनिष राउत छन् ।

कार्यकारी निर्मातामा नारायण तिमल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् ।

‘पूर्णबहादुरको सारङ्गी’पछि बरालको मुख्य भूमिकामा आउन लागेको यो फिल्मलाई यसवर्षको महत्वपूर्ण फिल्मको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?