+
+
Shares

एक वर्षमा २३ सय बढी प्रहरीको राजीनामा

आर्थिक वर्ष २०८१/८२ मा २३ सय ६९ प्रहरी कर्मचारीले राजीनामा दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १७:२०
आइतबार आयोजित पत्रकार सम्मेलन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक वर्ष २०८१/८२ मा २३ सय ६९ प्रहरी कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्।
  • राजीनामा दिनेमध्ये सिनियर प्रहरी अधिकृत १९ जना र जुनियर प्रहरी अधिकृत ४०१ जना छन्।
  • प्रहरीमा तल्लो दर्जाका कर्मचारीले सेवा सुविधा कम र अवसर कम भएको भन्दै बढी राजीनामा दिएका छन्।

११ साउन, काठमाडौं । एक वर्षको अवधिमा २३ सय भन्दा बढी प्रहरी कर्मचारीले सेवाबाट राजीनामा दिएका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा २३ सय ६९ प्रहरी कर्मचारीले राजीनामा दिएका हुन् । अधिकांशजसोले घरायसी कारण देखाएर राजीनामा दिने गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

यही वर्ष क्रिकेटर दीपेन्द्र सिंह ऐरीले पनि राजीनामा दिएका थिए । राजीनामा दिनेमध्ये सिनियर प्रहरी अधिकृत (इन्स्पेक्टरभन्दा माथिल्लो तह) १९ जना छन् । जुनियर प्रहरी अधिकृत (असईदेखि वरिष्ठ सईसम्म) ४०१ जनाले राजीनामा दिएका छन् ।

अन्य दर्ता तथा कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्म १९ सय ४९ जनाले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।

प्रहरीमा तल्लो दर्जामा सेवा सुविधा कम हुने गरेको र अवसर कम भएको भन्दै तल्लो दर्जाका प्रहरी कर्मचारीले राजीनामा दिने चलन बढी छ ।

यही अवधिमा ५२३ जना भने अनिवार्य अवकाशमा गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?