+
+
Shares

विनय कसजुलाई मरणोपरान्त उत्कृष्ट बालसाहित्य सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ठ पत्रकार एवं साहित्यकार विनय कसजुलाई मरणोपरान्त सिद्धिश्वरमान उत्कृष्ट बालसाहित्य तथा सम्पादन उत्प्रेरणा सम्मान प्रदान गरिएको छ।
  • सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्रले ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित कार्यक्रममा यो पुरस्कार स्व. कसजुको पत्नी गंगादेवीलाई हस्तान्तरण गरेको छ।
  • कार्यक्रममा डा. भगवान कोइारलालाई स्वास्थ्य साधक र राम विनयलाई साहित्य साधक सम्मान प्रदान गरिएको थियो।

११ साउन, काठमाडौं । वरिष्ठ पत्रकार एवं साहित्यकार विनय कसजुलाई मरणोपरान्त सिद्धिश्वरमान उत्कृष्ट बालसाहित्य तथा सम्पादन उत्प्रेरणा सम्मान प्रदान गरिएको छ ।

ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित कार्यक्रमका बीच सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्रले उनलाई यो पुरस्कार दिएको हो । विशेष अतिथि प्रा. डा. दयाराम श्रेष्ठले यो पुस्कार स्व. कसजुकी पत्नी गंगादेवीलाई हस्तान्तरण गरे ।

राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त कसजुको १० मंसिर २०७६ मा निधन भएको थियो । राष्ट्रिय समाचार समितिका पूर्वसञ्चालक समिति सदस्य समेत रहेका उनका बालसाहित्यमा उनका ५० बढी कृति प्रकाशित छन् ।

सोही अवसरमा डा. भगवान कोइारलालाई सिद्धिश्वरमान सर्वोत्कृष्ट शताब्दी स्वास्थ्य साधक सम्मान र राम विनयलाई सिद्धिश्वरमान सर्वोत्कृष्ट शताब्दी साहित्य साधक सम्मान प्रदान गरियो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल समेत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?