+

अन्तर विद्यालय पौडी प्रतियोगितामा जेम्स च्याम्पियन

२०८२ साउन  ११ गते २१:०१ २०८२ साउन ११ गते २१:०१
अन्तर विद्यालय पौडी प्रतियोगितामा जेम्स च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रथम अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स स्कुलले ८ सय ४१ फिना अंकसहित च्याम्पियन बनेको छ।
  • प्रतियोगितामा २ सय ५० विद्यार्थी सहभागी थिए र ५३ स्पर्धा समावेश थिए।
  • प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्की र नेपाल पौडी सघका अध्यक्ष जगतमान श्रेष्ठले पुरस्कार प्रदान गरे।

११ साउन, काठमाडौं । प्रथम अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स स्कुलले ८ सय ४१ फिना अंक सहित च्याम्पियन बनेको छ ।  निसर्ग बाटिका ५ सय ६९ दोस्रो तथा प्रिमियर इन्टनेशनल स्कुल ३ सय ६९ अंक सहित तेस्रो भयो ।

विजयी टोली तथा खेलाडीलाई प्रतिनिधी सभा सदस्य डा. तोसिमा कार्की र नेपाल पौडी सघका अध्यक्ष जगतमान श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।

सातदोबाटो स्थित खेलकुद परिसर केन्द्रमा भएको २ दिने प्रतियोगिताको समापन समारोहमा फुटबलको राष्ट्रिय टोलीका पूर्व कप्तानहरुलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा २ सय ५० विद्यार्थीको सहभागिता थियो भने ५३ स्पर्धा समावेश थिए ।

प्रतियोगिताले विद्यालय तहमा पौडी खेलको विकासमा सहयोग पुग्ने विश्वास रहेको प्रतियोगिता संयोजक मुखिया लामाले बताए ।

अन्तर विद्यालय पौडी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय