+
+
Shares

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता दाजुभाइ मृत फेला

मृत भेटिएका दाजुभाइको शव काठमाडौं ल्याउने प्रयास भइरहेको मृतकका दाजु विवेक मिश्रले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १२:५९
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका विराटनगरका सुजन ढकाल र बेलबारीका मनोज न्यौपाने मृत फेला परेका छन्।
  • दाजुभाइ सुजन र मनोज १० साउनमा काठमाडौंबाट गोसाइँकुण्ड गएका थिए र आइतबार स्नान गर्ने क्रममा बेपत्ता भएका थिए।

१२ साउन, विराटनगर । रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका  दाजुभाइ मृत फेला परेका छन् ।

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका-३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए ।

उनीहरू दाजुभाइ (मामा-फुपुका छोराहरू)  हुन् । सोमबार बिहान १० बजे मृत अवस्थामा उनीहरू फेला परेको प्रहरीले जनाएको छ ।

मृत भेटिएका दाजुभाइको शव काठमाडौं ल्याउने प्रयास भइरहेको मृतकका दाजु विवेक मिश्रले जानकारी दिए ।

उनका अनुसार मनोज काठमाडौं बस्दै आएका थिए । विराटनगरस्थित घरमा बस्दै आएका सुजन केही दिनअघि काठमाडौं गएका थिए ।

काठमाडौंबाट साथीभाइसँग उनीहरू १० साउनमा गोसाइँकुण्ड गएका थिए । आइतबार गोसाइँकुण्डमा स्थान गर्ने क्रममा दुवै बेपत्ता भएका थिए ।

एक जना चिप्लिएपछि अर्का उद्दार गर्न गएका थिए । उद्धार गर्न खोज्दा दुवै जना बेपत्ता भएका थिए ।

‘एक जना भाइ नुहाउने क्रममा चिप्लिएपछि अर्का भाइ उनको उद्धार गर्न गएका थिए, यस्तो घटना भयो,’ दाजु विवेकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?