News Summary
Generated by OK AI. Editorially reviewed.- डेनमार्कमा सम्पन्न डाना कप २०२५ को बी-फाइनलमा नेपाली यू-१४ टोलीले केन्यालाई ३–१ ले पराजित गर्दै उपाधि जितेको थियो।
- अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार उक्त टोलीलाई सम्मान गरेको छ।
- एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउने प्रयासको प्रशंसा गरेका थिए।
१२ साउन, काठमाडौं । डेनमार्कमा सम्पन्न डाना कप २०२५ को बी-फाइनलमा ऐतिहासिक उपाधि जितेको नेपाली यू-१४ टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार सम्मान गरेको छ।
गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोलीले केन्यालाई ३–१ ले पराजित गर्दै डाना कपको उपाधि जितेको थियो।
एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले खेलाडी तथा टिम अधिकारीहरूलाई बधाई दिँदै सम्मान गरेका थिए।
उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउने टोलीको प्रयासको प्रशंसा गर्दै भविष्यमा अझ उच्च सफलता प्राप्त गर्न शुभकामना दिएका थिए।
एजी टेन टोलीको सहभागिता रहेको यस जितलाई नेपाली यूवा फुटबलको महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।
प्रतिक्रिया 4