+
+
Shares

एनआरएनए जापानमा लामिछाने

आइतबार भएको निर्वाचनमा ७ हजार १ सय ५२ मत प्राप्त गरि लामिछाने अध्यक्ष पदमा बिजयी भएका हुन् । उनका प्रतिद्वन्दी सिद्धार्थ श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको अध्यक्षमा सुभाष लामिछाने ७ हजार १ सय ५२ मत प्राप्त गरी विजयी भएका छन्।
  • वरिष्ठ उपाध्यक्ष पदमा टिकाराम खरेल ६ हजार ४ सय १८ मतसहित र उपाध्यक्ष पदमा मुक्तिराम खनाल, दिलिप कंडेल र दिपक सुनार निर्वाचित भएका छन्।
  • निर्वाचनमा महा–सचिव, सचिव, कोषाध्यक्ष, क्षेत्रीय पदाधिकारी र महिला पदाधिकारीहरू समेत निर्वाचित भएका छन्।

१२ साउन, टोकियो। गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको अध्यक्षमा सुभाष लामिछाने विजयी भएका छन् ।

आइतबार भएको निर्वाचनमा ७ हजार १ सय ५२ मत प्राप्त गरि लामिछाने अध्यक्ष पदमा विजयी भएका हुन् । उनका प्रतिद्वन्दी सिद्धार्थ श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदका लागि भएको मतदानमा निबर्तमान महा–सचिब टिकाराम खरेलले ६ हजार ४ सय १८ मत प्राप्त गरी विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका निबर्तमान उपाध्यक्ष कृष्ण गैरे शर्माले ५ हजार ९ सय २७ मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्ष पदमा भएको मतदानमा ८ हजार ७ सय २ मत प्राप्त गर्दै मुक्तिराम खनाल (विनोद), ६ हजार ९ सय ४९ मतसहित दिलिप कंडेल र ६ हजार सय १ मत सहित दिपक सुनार बिजयी भएका छन् ।

उपाध्यक्ष पदकै लागि उम्मेदवारी दिएका नारायण सुवेदीले ५ हजार ९ सय २८, दिपेश खत्री (केसी) ले ५ हजार ७ सय ८३ र रुद्र मल्ल (मनोज) ले ३ हजार ५ सय ७२ मत प्राप्त गरेका थिए ।

क्षेत्रीय उपाध्यक्ष पदमा आफ्ना प्रतिद्वन्दी हरिप्रसाद कंडेललाइ पराजित गर्दै विष्णुप्रसाद सुवेदी (विश्व) विजयी भएका छन् । सुवेदीले ६ हजार ९ सय ८३ मत प्राप्त गर्दा कंडेल ५ हजार ३ सय ६२ मत प्राप्त गर्न सफल भए ।

त्यस्तै महा–सचिव पदका लागि भएको निर्वाचनमा श्याम कुमार श्रेष्ठ (श्याम शितल) ले ६ हजार ३ सय ८४ मत प्राप्त गरी विजयी भएका छन् । सोही पदका लागि उम्मेदवारी दिएका निवर्तमान प्रबक्ता विश्वास गौतम (खगराज)ले ५ हजार ८ सय ६३ मत प्राप्त गरेर उप–विजेता बने ।

त्यसैगरी सचिव पदका लागि ८ हजार ८ मत सहित नेत्र पाण्डे र ५ हजार ८ सय ६३ मत सहित डिल्ली प्रसाद सापकोटा (विष्णु) निर्बाचित भएका छन् ।

क्षेत्रीय सचिव पदमा भएको निर्वाचनमा सागर कार्की सर्बाधिक मतान्तर सहित बिजयी भएका छन् । उनी आफ्ना प्रतिद्वन्दी ज्ञानेन्द्र भट्ट (ज्ञानु) लाई ४ हजार ६ सय ८५ मतले पछि पार्दै बिजयी भएका हुन् । कार्कीले ८ हजार ५ सय १५ मत प्राप्त गर्दा भट्टले ३ हजार ८ सय ३० मत प्राप्त गरे ।

हिजै सम्पन्न निर्वाचनमा कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका मुक्तिराज रेग्मी निर्वाचित भएका छन् । आफ्ना दुई प्रतिद्वन्दी कृष्णप्रसाद पोखरेल (बाबु) र राकेश लामालाई पछि पार्दै निर्वाचित भएका हुन् ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार रेग्मीले ५ हजार ७८६, पोखरेलले ३ हजार ५३१ र लामाले ३ हजार २८ मत प्राप्त गरेका थिए ।

त्यस्तै क्षेत्रीय सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका तीन जना मध्ये ४ हजार ४२४ मत सहित सन्दिप जिसी बिजयी भएका छन् । सोही पदका लागि उम्मेदवारी दिएका रमेश गिरिले ४ हजार २९ मत र नासिरदीन मियाले ३ हजार ८९२ मत प्राप्त गरे ।

त्यसैगरी, सदस्य पदमा मिलन अर्याल, कमलेश जीसी, नबिनदीप गुरुङ, रमेशराज जैसी, निराजन मल्ल, कृष्णप्रसाद भूसाल, भिमबहादुर बुढाथोकी, सुरेश सापकोटा, प्रकाश सापकोटा बिजयी भएका छन् ।

त्यस्तै, महिला उपाध्यक्षमा अञ्जु भण्डारी, महिला सचिवमा ललिता तामाङ्, सहकोषाध्यक्षमा कामाना भण्डारी, महिला संयोजकमा मञ्जु गिरी त्यसैगरी महिला सदस्यमा इश्वरी अर्याल र सन्तोषी अधिकारी यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?