
News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेत्री दिशा पटानीले सामाजिक संजालमा गाई र कुकुरसँग रमाउँदै गरेको फोटो सेयर गरेकी छन्।
- दिशाले जनावरप्रतिको प्रेम र प्रकृति प्रेमलाई आफ्नो फोटोमार्फत देखाएकी छन्।
- उनका फ्यानहरूले उनको करुणा र प्राकृतिक सौन्दर्यको प्रशंसा गरिरहेका छन्।
मुम्बई । बलिउड अभिनेत्री दिशा पटानी पर्दामा बोल्ड र ग्ल्यामर्स उपस्थितीको लागि परिचित छिन् । यसबाहेक, उनले केही दिनअघि सामाजिक संजालमा ‘क्यूट’ फोटो सेयर गर्दै जनावर प्रेमको आफ्नो रुचिलाई बाहिर ल्याएकी छन् ।
उनले साथीसँग फार्म हाउस घुमेको फोटो सेयर गरेकी छन् जहाँ उनलाई गाई र कुकुरसँग रमाउँदै गरेको देखिन्छ ।
सामान्य तर स्टाइलिस पहिरनमा सजिएकी दिशा गाईहरूसँग पोज दिँदै र चंचल कुकुरहरूलाई अँगालो हाल्दै खुसी देखिएकी छन् । जनावरप्रतिको प्रेमको बारेमा प्रायः बोल्ने अभिनेत्रीको यो मायालु पक्ष देखेर उनका फ्यानहरू खुसी छन् ।
पर्दामा दिशाको ग्ल्यामर्स अवतार मात्र हेर्दै आएका दर्शकले भने यी फोटोमार्फत उनको जनावर र प्रकृति प्रेमलाई जान्ने र बुझ्ने अवसर पनि पाए । सँधै क्यामेराको अघि देखिने दिशा यी फोटोमा पनि प्रकृतिसँग उन्मुक्त भावमा देखिएकी छन् ।
प्रशंसकले उनको करुणा र प्राकृतिक सौन्दर्यको प्रशंसा गरिरहेका छन् ।
प्रतिक्रिया 4