+

नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रमको औपचारिक शुभारम्भ हुँदै

२०८२ साउन  १२ गते १७:२० २०८२ साउन १२ गते १७:२०
नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रमको औपचारिक शुभारम्भ हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा २०८२ साउन १५ गते दशरथ रंगशालामा 'फिफा फुटबल फर स्कूल्स' कार्यक्रम सुरु गरिनेछ।
  • एन्फा, शिक्षा मन्त्रालय र खेलकुद मन्त्रालयको सहकार्यमा यो कार्यक्रम ७७ जिल्लाका १,०७२ विद्यालयमा कार्यान्वयन गरिनेछ।
  • कार्यक्रमले विद्यालयमा फुटबल सामग्री वितरण, प्रशिक्षक तालिम र जीवनोपयोगी सीप सिकाउने उद्देश्य राखेको छ।

१२ साउन, काठमाडौं । विद्यालयस्तरमा फुटबलमार्फत बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम सुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा यो कार्यक्रम २०८२ साउन १५ गते (जुलाई ३१, २०२५) मा दशरथ रंगशालामा औपचारिक रूपमा सुरु गरिनेछ।

सोमबार एन्फाले एक कार्यक्रमको आयोजना गरी फुटबल स्कूल्स कार्यक्रमको घोषणा गरेको हो । सो क्रममा फुटबल फर स्कूल्सका म्यानेजर एन्टोनियो बुनानो सान्चेज पनि नेपालमा आएका छन् ।

विश्व फुटबल महासंघ (फिफा) र युनेस्कोको साझेदारीमा सञ्चालित यस कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। विद्यालय तहका विद्यार्थीहरूलाई शारीरिक, मानसिक, सामाजिक र नैतिक रुपमा सक्षम बनाउने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको एन्फाले जनाएको छ।

कार्यक्रमअन्तर्गत विद्यालयहरूमा फुटबल सामग्री वितरण, प्रशिक्षक तथा शिक्षकहरूलाई तालिम, र फुटबललाई शिक्षणको माध्यमका रूपमा प्रयोग गरी जीवनोपयोगी सीपहरू जस्तै अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशिताका बारेमा सिकाइनेछ।

फुटबल फर स्कूल्सका म्यानेजर एन्टोनियो बुनानो सान्चेज

सवै वर्ग, जाति, लिङ्ग र भूगोलका बालबालिकालाई लक्षित गरी समावेशी तथा पहुँचयोग्य बनाइएको यो कार्यक्रम देशभरका ७७ वटै जिल्लाका १,०७२ विद्यालयहरूमा कार्यान्वयन गरिनेछ। कार्यक्रममा ३२,६४० वटा फुटबल वितरण गरिने योजना छ।

विद्यालय शिक्षामा फुटबल समावेश गरी विद्यार्थीहरूको समग्र विकासमा यो कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

फिफा फुटबल फर स्कूल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय