+
+
Shares

कार्यक्रमको समन्वय गर्न संघीय लोकतान्त्रिक मोर्चामा जिम्मेवारी बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते ११:४२

१३ साउन, काठमाडौं । मधेश केन्द्रित संघीय लोकतान्त्रिक मोर्चाले जिल्लामा गर्ने संयुक्त कार्यक्रमका लागि समन्वय गर्न जिम्मेवारी तोकेको छ । जनता समाजवादी नेपालको संसदीय दलको कार्यालयमा बसेको बैठकले १८ साउनमा काठमाडौंमा गर्ने कार्यक्रममा संयुक्त रुपमा समन्वय गर्ने निर्णय गरिएको छ ।

भैरहवा, नेपालगञ्ज र कैलालीमा हुने कार्यक्रमको संयोजन नागरिक उन्मुक्ति पार्टीले गर्ने भएको छ । जसपा नेपालले १६ भदौमा विराटनगरमा, १६ भदौमा राजविराजमा हुने कार्यक्रमको संयोजन राष्ट्रिय मुक्ति पार्टीले गर्ने छ भने २० भदौमा जनकपुरमा तमलोपा र २२ भदौमा लोसपा नेपालले वीरगञ्जमा समयन्वय गर्ने भएको छ ।

मोर्चामा सात दल रहेपनि जनमतले भने बैठक बहिष्कार गरेको थियो । जनमत अनुपस्थित भएपछि कार्यक्रमका लागि समन्वय गर्ने स्थान समेत तोकिएको छैन ।

अधिकार र पहिचान पक्षधर पार्टीहरुसँग मोर्चाको सहकार्य गर्ने नीति अनुसारसंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल जनमुक्ति पार्टीलाई पहिलो चरणमा संवाद गर्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?