
News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार बजार खुलेको सवा एक घण्टामै नेप्से परिसूचक ५६ अंक बढेर ३ हजार २७ अंकमा पुगेको छ।
- सवा १२ बजेसम्म ६ अर्ब ३९ करोडको कारोबार भएको छ र २३५ कम्पनीको मूल्य बढेको छ भने १३ को घटेको छ।
- सवा १२ बजेसम्म अन्य समूह सबैभन्दा धेरै ३.२ प्रतिशत बढेको छ र चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।
१३ साउन, काठमाडौं । मंगलबार बजार खुलेको सवा एक घण्टामै नेप्से परिसूचक ५६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से ३ हजार २७ अंकमा पुगेको छ ।
कारोबार भइरहेकाले बजार बन्द हुने बेला अंक परिवर्तन हुनेछ । सवा १२ बजेसम्म ६ अर्ब ३९ करोडको कारोबार भएको छ । २३५ कम्पनीको मूल्य बढेको छ भने १३ को घटेको छ । एउटाको स्थिर छ ।
सवा १२ बजेसम्म अन्य समूह सबैभन्दा धेरै ३.२ प्रतिशत बढेको छ । सबै समूहका सूचक बढेका छन् । बैंकिङ २, विकास बैंक १.२, होटल १.८, हाइड्रोपावर १.४, लगानी १.७, उत्पादन १.६, माइक्रोफाइनान्स २.६, निर्जीवन बीमा १.६ तथा व्यापार ०.९ प्रतिशत बढेका छन् ।
चार कम्पनी सान्भी इनर्जी, ट्रेड टावर, मुक्तिनाथ कृषि कम्पनी र नाडेप लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ । धेरै कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, राधि विद्युत् छन् ।
प्रतिक्रिया 4