
News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार तेज गिरी र विमला लिम्बुको अभिनय रहेको फिल्म 'शिवांश'को छायांकन ३६ औं दिनमा पोखराको पामेमा सकिएको छ।
- फिल्म 'शिवांश : च्याप्टर १' असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ।
- फिल्मको निर्देशन सन्तोष आत्रेयले गरेका हुन् र निर्माता अन्जन केसी तथा सहनिर्माता शोभा केसी र अनिशा केसी बोगटी छन्।
काठमाडौं । कलाकार तेज गिरी र विमला लिम्बुको अभिनय रहेको गीत ‘उकुसमुकुस’सँगै फिल्म ‘शिवांश’को छायांकन सकिएको छ ।
पोखराको पामेबाट ३६ औं दिनमा छायाँकन सम्पन्न भएको हो । काठमाडौं र पोखरा आसपासमा फिल्म खिचिएको थियो ।
यस अघि लभर ब्वायको रोलमा देखिएका गिरी यो फिल्मबाट एक्सन भूमिकामा देखिएका छन् ।
फिल्मको नृत्य निर्देशन विक्रम चौहानले गरेका हुन् । अन्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरबाट निर्माण भएको फिल्मका निर्माता अञ्जन केसी हुन् । कथा अञ्जन केसीले नै लेखेका हुन् भने पटकथा बारत लिम्बूले लेखेका हुन् ।
सन्तोष आत्रेय निर्देशित फिल्मको सहनिर्मातामा शोभा केसी र अनिशा केसी बोगटी छन् । फिल्ममा तेज र विमलासहित प्रवीण खतिवडा, रुशा न्यौपाने, विकास जोशीको पनि अभिनय छ ।
न्ह्यु बज्राचार्य र राजनराज शिवाकोटीको संगीत छ । गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतिक छन् । गायनमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारी छन् ।
एक्सन कोरियोग्राफी मिलन श्रेष्ठको छ । छायांकन शरद महतोले गरेका हुन् । ‘शिवांश : च्याप्टर १’ असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया 4