+

जिम्बाबे क्रिकेटले प्राप्त गर्‍यो ५० हजार अमेरिकी डलर सहयोग

२०८२ साउन  १३ गते १३:३४ २०८२ साउन १३ गते १३:३४
जिम्बाबे क्रिकेटले प्राप्त गर्‍यो ५० हजार अमेरिकी डलर सहयोग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिम्बाबे क्रिकेट बोर्डले पाँच प्रथम श्रेणी टोलीलाई ५० हजार अमेरिकी डलर सहयोग प्राप्त गरेको छ।
  • सहयोग रकम सीएबीएसले दिएको हो र टोलीहरूलाई प्रशिक्षण र खेलाडी विकासमा लगानी गर्न दिइनेछ।
  • सीएबीएसका प्रबन्ध निर्देशक मेहलुली म्पोफुले भने, "यो क्रिकेटमा मात्र नभई देशका युवाको सपना र सम्भावनामा लगानी हो"।

१३ साउन, काठमाडौं । जिम्बाबे क्रिकेट बोर्डले पाँच प्रथम श्रेणी क्रिकेट टोलीलक्षित ५० हजार अमेरिकी डलर सहयोग प्राप्त गरेको छ। यो सहयोग जिम्बाबेमा आधारित वित्तीय संस्था सीएबीएसले गरेको हो।

बोर्डका अनुसार यो रकम इगल्स, राइनोस, टस्कर्स, माउन्टेनेर्स र साउदर्न रक्स जस्ता पाँच टोलीहरूको सहयोगका लागि दिइनेछ। यी टोलीहरूले लोगन कप, प्रो५० च्याम्पियनसिप र घरेलु टी–२० प्रतियोगिता खेल्दै आएका छन्।

सहयोग सिधै टोलीहरूलाई दिइने भएकाले प्रशिक्षण, खेलाडी विकासजस्ता क्षेत्रमा लगानी गर्न सहज हुने बोर्डले जनाएको छ। बोर्डका प्रबन्ध निर्देशक गिभमोर माकोनीले भने, ‘सीएबीएसजस्ता साझेदारको समर्थनले घरेलु क्रिकेट बलियो बनाउँछ र दीर्घकालीन विकासमा टेवा पुग्छ।’

त्यसैगरी सहयोगी संस्था सीएबीएसका प्रबन्ध निर्देशक मेहलुली म्पोफुले भनेका छन्, ‘यो क्रिकेटमा मात्र नभई देशका युवाको सपना र सम्भावनामा लगानी हो। हामी खेलमार्फत उनीहरूलाई अवसर र आत्मगौरव दिलाउने उद्देश्यले अघि बढेका छौं।’

सीएबीएस सन् २००४ देखि क्रिकेटसँग आबद्ध रहँदै आएको छ र पछिल्ला वर्षहरूमा पनि क्रिकेट विकासका पहलहरूमा निरन्तर सहयोग गर्दै आएको छ।

जिम्बाबेले यस वर्ष ७ टेस्ट खेल खेलेको छ र दक्षिण अफ्रिका तथा न्यूजिल्याण्ड सँग त्रिकोणात्मक टी-२०आई सिरिज आयोजना गरिसकेको छ।

अब जिम्बाबेले जुलाई ३० देखि न्यूजिल्याण्डसँग दुई टेस्ट खेल्दैछ।

जिम्बाबे क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय