+
+
Shares

डा.शाही बने ‘क्यान्सर इम्युनोथेरापी’ कोर्स पूरा गर्ने पहिलो नेपाली चिकित्सक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाटन अस्पतालका मेडिकल अंकोलोजिस्ट डा.अरुण शाही क्यान्सर इम्युनोथेरापी उपचारमा विशेष कोर्स पूरा गर्ने पहिलो नेपाली चिकित्सक बनेका छन्।
  • सोसाइटी फर इम्युनोथेरापी अफ क्यान्सरले डा.शाहीलाई प्रतिष्ठित एसआईटीसी जी सर्टिफिकेट प्रदान गरेको छ।
  • डा.शाहीको उपलब्धिले नेपालमा क्यान्सर उपचारमा इम्युनोथेरापीको प्रयोग विस्तार हुने अपेक्षा गरिएको छ।

काठमाडौं । पाटन अस्पतालका मेडिकल अंकोलोजिस्ट डा.अरुण शाही क्यान्सर इम्युनोथेरापी उपचारमा विशेष कोर्स पूरा गर्ने पहिलो नेपाली चिकित्सक बनेका छन् ।

गतवर्ष यो कोर्स पूरा गरेका डा. शाहीलाई सोसाइटी फर इम्युनोथेरापी अफ क्यान्सर (एसआईटीसी)ले प्रतिष्ठित एसआईटीसी जी सर्टिफिकेट प्रदान गरेको छ । यो सर्टिफिकेट प्राप्त गर्ने उनी पहिलो नेपाली चिकित्सक हुन् ।

एसआईटीसीले डा.शाहीको यो उपलब्धिलाई नेपालमा क्यान्सरको आधुनिक उपचार विधि, इम्युनोथेरापी भित्र्याउने दिशामा कोसेढुंगा ठानेको छ । यो उपलब्धिले नेपालको स्वास्थ्य क्षेत्रमा क्यान्सर उपचारको नयाँ सम्भावना र आशा जगाएको छ ।

के हो क्यान्सर इम्युनोथेरापी ?

इम्युनोथेरापी क्यान्सर उपचारको क्षेत्रमा एक क्रान्तिकारी र आधुनिक विधिका रूपमा स्थापित छ । यो उपचारले बिरामीको शरीरमा रहेको रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाएर क्यान्सर कोशिकाहरूसँग लड्न सक्षम बनाउँछ । परम्परागत उपचारहरू, जस्तै केमोथेरापी र रेडियोथेरापी, भन्दा यो विधि फरक छ किनभने यसले शरीरका कोशिकाहरूलाई सक्रिय बनाएर क्यान्सरसँग लड्ने प्राकृतिक क्षमतालाई बलियो बनाउँछ ।

इम्युनोथेरापीको सबैभन्दा ठूलो फाइदा यसको साइड इफेक्ट कम हुने सम्भावना हो । यद्यपि, यो क्यान्सरको प्रकार र स्टेजमा निर्भर हुन्छ । हाल यो उपचार मुख्य रूपमा स्टेज–४ क्यान्सरका बिरामीहरूमा प्रयोग गरिन्छ । चिकित्सा विज्ञानले यो विधिलाई थप परिष्कृत र व्यापक बनाउन निरन्तर अनुसन्धान गरिरहेको छ ।

डा. शाहीको यो उपलब्धिसँगै नेपालमा क्यान्सरको उपचारमा इम्युनोथेरापीको प्रयोग विस्तार हुने अपेक्षा गरिएको छ । यो विधिले क्यान्सरका बिरामीहरूलाई प्रभावकारी र कम हानिकारक उपचार प्रदान गर्ने सम्भावना बोकेको छ । डा. शाहीको नेतृत्व र विशेषज्ञताले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ आशा र विश्वास थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?