+
+
Shares

मुख्यमन्त्री बन्न दलको नेता हुन पर्दैन, हटाउने आधार छैन : बहादुरसिंह लामा (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताबाट हटिए पनि मुख्यमन्त्री पद नछाड्ने अडान लिएका छन्।
  • मत विभाजन प्रक्रियामा लामाको पक्षमा १५ मत र विपक्षमा २२ मत परेको थियो।
  • लामाले मुख्यमन्त्री हुन दलको नेता आवश्यक नहुने र आफूले राजीनामा दिन नपर्ने बताए।

१३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू संसदीय दलको नेताबाट हटेको भए पनि मुख्यमन्त्री पद नछाड्ने अडान लिएका छन् ।

आफूविरुद्ध संसदीय दलमा भएको मत विभाजन प्रक्रियामा फेल भएका सिंहले मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने र नदिने जिकिर गरेका हुन् ।

‘सरकारबाट राजीनामा दिनुपर्छ भन्ने नै छैन । सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो,’ मत विभाजन प्रक्रियापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘मुख्यमन्त्री पदबाट हटाउनपर्ने कुनै आधार छैन । हटाउनुपर्ने पनि होइन । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन ।’

उनले आफूमाथि पार्टी भित्रबाटै विभिन्न प्रपञ्च रचिएकोबारे आफूले आजैमात्र थाहा पाएको पनि बताए । सबैलाई मिलाएर अघि बढौं भन्दा विभिन्न जालहरू रचिएको उनको भनाइ थियो ।

‘मत विभाजन भयो । यो प्रक्रिया हो । प्रक्रियामा गएको हो । प्रक्रियामा जाँदा अविश्वासका प्रस्ताव लगाउँदा आरोप लगाइयो । जुन प्रपञ्च लगाइएको छ, नेपाली कांग्रेसलाई प्रपञ्च बनाइएको रहेछ । मैले त्यस्तो हेरेको थिइनँ,’ लामाले भने, ‘सबैलाई मिलाएर जाऔं भन्दा विभिन्न किसिमका जालहरू रचिएको रहेछ । मलाई थाहा थिएन । मेरै मन्त्रीहरू पनि जालोभित्र रहेछ । कसैको प्रेसर पनि रहेछ । नेताहरू यसरी लाग्नु भनेको राम्रो पनि होइन । लोकतान्त्रिक विधिमा जानुपर्छ भन्ने हो । लोकतान्त्रिक विधि अनुसार प्रक्रिया सुरु हुन्छ ।’

आफू हिजोसम्म संसदीय दलको नेता भए पनि आजबाट नरहेको उनले बताए ।

मत विभाजन प्रक्रियामा लामाको पक्षमा १५ मतमात्रै परेको थियो भने विपक्षमा २२ मत परेको थियो ।

‘मुख्यमन्त्री त फेर्नै सक्दैन । दलको नेता भएर हो । कोलेसन गभरमेन्ट हो । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन,’ उनले भने ।

उनले आफूले राजीनामा गर्नुपर्ने कुनै अवस्था नरहेको पनि बताए ।

‘संविधानमा एउटा पूर्ण बहुमत भएको सरकारमा नेपाली कांग्रेस पूर्ण भयो भने संसदीय दलको नेता आवश्यक पर्छ । कोलेसन गभर्मेन्टमा कोलेसन भयो भने बहुमत पुग्छ,’ लामाको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?