+
+
Shares

आलोकनगरमा समाजवादी मोर्चाको बैठक

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पछिल्लो पटक मोर्चाको कार्यशैलीबाट असन्तुष्ट छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १५:४४

१३ साउन, काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक केहीबेरबाट सुरु भएको हो ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक र समाजवादी मोर्चाको अबको रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पछिल्लो पटक मोर्चाको कार्यशैलीबाट असन्तुष्ट छन् ।

उनले मोर्चा नै विघटन गर्ने प्रस्ताव गरिसकेका छन् । यसबाट झस्किएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच पनि यस विषयमा पटकपटक छलफल भइरहेको छ ।

विप्लव मोर्चाका संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?