+
+
Shares

समाजवादी मोर्चाको बैठकमा बामदेव, छैनन् झलनाथ 

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १५:५८

१३ साउन, काठमाडौं । समाजवादी मोर्चाको बैठकमा नेकपा एकीकृत समाजवादीका नयाँ नेता वामदेव गौतम पनि सहभागी हुन थालेका छन् ।

उनी गत साउन २ गते काठमाडौंमा भएको कार्यक्रममा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

उनलाई नेकपा एकीकृत समाजवादीले तेस्रो वरियताको नेता भनेको छ । दोस्रो वरियतामा सम्मानित नेता झलनाथ खनाल छन् । तर मोर्चाको बैठकमा खनाल भने सहभागी छैनन् ।

केही दिनअघि काठमाडौंको एक कार्यक्रममा राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले आफूलाई काम नदिइए नेकपा एकीकृत समाजवादीमा धेरै समय रहन नसक्ने बताएका थिए ।

गौतम औपचारिक बैठकहरूमा एकीकृत नेकपा समाजवादीका तर्फबाट पहिलोपटक सहभागी भएका हुन् । बैठकमा मोर्चालाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल हुने बैठकमा सहभागी हुनुअघि नेताहरूले बताएका थिए ।

यद्यपी मोर्चाका संयोजक समेत रहेका नेकपाका महासचिव विप्लवले भने मोर्चाले अभियान चलाउन र अपिल गर्न नसकेको भन्दै यसलाई विघटन गरे पनि हुने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?