+
+
Shares

रसुवागढी सडक निरीक्षणमा भौतिकमन्त्री दाहाल

मन्त्री दाहालले निर्माणाधीन सडक निर्माण कार्य तीव्र पार्न निर्देशन दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक निरीक्षण गरेका छन्।
  • मन्त्री दाहालले निर्माणाधीन सडक निर्माण कार्य तीव्र पार्न निर्देशन दिए र नदीबाट हुने क्षति नियन्त्रणतर्फ ध्यान दिन आग्रह गरे।
  • रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनियाँ पक्षसँग समन्वय गरी रोकिएका नेपाली ल्याउने काम भइरहेको जानकारी दिए।

१३ साउन, काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक निरीक्षण गरेका छन् ।

मन्त्री दाहाल सहित टोलीले नेपाल–चीन सीमास्थित बाढीले बगाएको मितेरी पुलसम्म निरीक्षण गरेको हो । सोही क्रममा मन्त्री दाहालले निर्माणाधीन सडक निर्माण कार्य तीव्र पार्न निर्देशन दिए । नदीबाट हुने क्षति नियन्त्रणतर्फ पनि ध्यान दिन उनले आग्रह गरे ।

उनले चीनतर्फ रोकिएका नेपालीको अवस्थाबारे पनि चासो राखेका थिए । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनियाँ पक्षसँग समन्वय गरी नेपाली ल्याउने र समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिए ।

मितेरी पुल निर्माण कार्य चिनियाँ पक्षले छिटो अघि बढाउने सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?