+
+
Shares

लाल‌‌पुर्जा नेपालले कोटेश्वरमा बनायो चराहरूको लागि सुरक्षित बासस्थान

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते २०:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लालपुर्जा नेपालले 'होप अफ नेस्ट' अभियानअन्तर्गत कोटेश्वरमा चराहरूको लागि सुरक्षित बासस्थान निर्माण गरेको छ।
  • सरला पोखरेलले उक्त बासस्थानको शुभारम्भ गर्दै सहरी जैव विविधता संरक्षणमा जनचेतना फैलाउने लक्ष्य रहेको बताइन्।
  • लालपुर्जा नेपालले आगामी दिनमा विद्यालय र समुदायमा प्राकृतिक संरक्षण र वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

१३ साउन, काठमाडौं । लालपुर्जा नेपालले ‘होप अफ नेस्ट’ अभियान अन्तर्गत चराहरुको लागि सुरक्षित बासस्थान निर्माण गरेको छ । प्रकृतिको संरक्षण र जैविक विविधताप्रति सामाजिक उत्तरदायित्व भावना विकास गर्ने उद्देश्यले लालपुर्जा नेपालले ‘होप अफ नेस्ट’ अभियान सुरु गरेको थियो ।

अभियानको मुख्य नारालाई आत्मसात गर्दै लालपुर्जाले कोटेश्वर क्षेत्रमै पहिलो पटक चराहरूको लागि संरक्षित बासस्थान निर्माण गरेको हो । लालपुर्जा नेपालको तर्फबाट सरला पोखरेलले बुधबार कोटेश्वरस्थित महादेवस्थान मन्दिर परिवारमा उक्त बास्सथानको शुभारम्भ गरेकी छन्।

यो बासस्थानमा स्थानीय प्रजातिका चराहरूका लागि अनुकूल आवास, पानी र आहारको व्यवस्था गरिएको छ । बासस्थानको निर्माणले सहरीकरणको दबाबमा परेका चराहरूलाई संरक्षण र सन्तुलित बास्थान उपलब्ध गराउने लक्ष्य लिएको छ ।

‘हामी मान्छेहरूको मात्रै होइन, जीवजन्तु र चराहरूको पनि यो शहर हो भन्ने सन्देश दिन चाहन्छौं। यस अभियानले सहरी जैव विविधता संरक्षणमा जनचेतना फैलाउनेछ’ पोखरेलले भनिन् ।

यस्तै काठमाडौं-३२ की वडा सदस्य हिरा पोखरेलले यस्तो कार्यक्रमको लागी वडाले सधै प्रोत्साहन गर्ने र आगामी दिनमा पनि वडाको तर्फबाट आबस्यक सबै सहयोग गर्ने बताएकी छन् ।

उद्घाटन कार्यक्रममा विभिन्न वातावरणविद्, युवा स्वयंसेवक र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो । अभियानअन्तर्गत आगामी दिनमा अन्य स्थानहरूमा समेत यस्ता संरचना विस्तार गरिने योजना रहेको लालपुर्जा नेपालले जनाएको छ ।

लालपुर्जा नेपालले भविष्यमा विद्यालयस्तरदेखि समुदायसम्म प्राकृतिक संरक्षण, चरासम्बन्धी अभिमुखीकरण, र वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

लालपुर्जा नेपाल प्रा. लि. नेपालकै एक प्रतिष्ठित र अग्रणी रियल स्टेट (जग्गा/जमिन) ब्रोकर एजेन्सी हो । देशभर पाँच शाखा र ५० भन्दा बडी समर्पित सदस्य रहेको टिमका साथ, लालपुर्जा नेपालले पारदर्शिता र इमानदारीसाथ सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले अनुभवी कानुन व्यवसायीहरूमार्फत कानुनी परामर्श सेवा पनि प्रदान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?